काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दुवै पार्टीका दोस्रो तहका नेता छलफलमा थिए ।
प्रतिनिधिसभालाई सुचारु गरेर एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने आफूहरुको प्रस्ताव एमालेले स्वीकार नगरेको सञ्चार मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले बताए ।
लगत्तै सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार साँझ छलफल हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्