काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता बाबुराम भट्टराईले एमसीसीलाई व्याख्यात्मक घोषणा स्वीकार गर्नु लाजको लँगौटी ओडेर आउनु जस्तै भएको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति समेत व्यंग्य गरे।
भट्टराईले एमसीसी सामान्य अनुदान भए पनि यसलाई अनावश्यक रूपमा कोट्याउँदै लगरेर विषाक्त बनाइएको बताएका छन् ।
आइतबार संसदमा एमसीसीमाथिको छलफलमा भाग लिँदै भट्टराईले पहिले विषाक्त पार्नेहरू अहिले सहमतिमा आउनु सकारात्मक भएको बताए ।
भट्टराईले भने, ‘कोट्याउँदै गर्दा यो क्यान्सरजस्तै बनेको छ । अहिले हामी पक्षमा बोल्न डराइरहेका छौं । गाउँ-गाउँसम्म विषाक्त बनाइएको छ ।’
प्रतिक्रिया दिनुहोस्