Ads

सत्तापक्षकै केही सांसदले एमसीसीमाथिको मतदान बहिस्कार गर्ने


काठमाडौं । नेकपा एसका  नेता झलनाथ खनालसहित सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एसका केही सांसदले एमसीसीमाथिको मतदान वहिस्कार गर्ने भएका छन् ।

माओवादी र नेकपा एस दुवै पार्टीमा विवादकाबीच एमसीसी पारित गर्ने निर्णय भएको थियो ।

सैद्धान्तिक छलफलमा भाग लिएर सांसदहरुलाई एमसीसी अनुमोदनको विपक्षमा उभिन आग्रह गरेका पूर्व प्रधानमन्त्री खनालले व्याख्यात्मक टिप्पणीको कुनै कानूनी र अन्तर्राष्ट्रिय मान्यता नहुने भन्दै मतदान बहिस्कार गर्ने बताए ।

त्यस्तै नेकपा एसका गिरिराजमणी पोखरेल,अन्जना विशुंखे लगायत सांसदहरु पनि बहिस्कारको तयारीमा छन् ।

Ads

सम्बन्धित पोष्टहरू