Ads

आणविक प्रतिरोधक बललाई उच्च सतर्कतामा रहन पूटिनको निर्देशन


एजेन्सी ।
पश्चिमले आफ्नो देशविरुद्ध अमित्रवत कदम चालेको आरोप लगाउँदै रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले आफ्ना रक्षा प्रमुखहरूलाई देशका आणविक प्रतिरोधक बल उच्च सतर्कतामा राख्न आदेश दिएका छन् ।

यूक्रेनमाथि रूसको आक्रमणबाट अन्तर्राष्ट्रिय तनाव बढिरहेका समय पूटिनको आदेशले थप संसूचक उत्पन्न गर्ने अनुमान गरिएको छ । मस्कोमा आणविक हातहतियार र ब्यालेस्टिक मिसाइलहरूको विश्वकै दोस्रो धेरै भण्डार छ जुन देशको प्रतिरोध बलको मेरुदण्ड बनेको छ ।

पुटिनले भने, म रक्षा मन्त्री र रूसी सशस्त्र फौजका जनरल स्टाफका प्रमुखलाई रूसी सेनाका प्रतिरोध बलहरूलाई युद्ध सेवाको विशेष मोडमा राख्न आदेश दिन्छु ।

पुटिनको आग्रहलाई रक्षा मन्त्री शोइगुले सकारात्मक भन्दै आग्रह अनुसार काम गर्ने बताएका छन् । रुसी राष्ट्रपतिले बिहीबार यूक्रेनमाथि आक्रमण गर्न दिएको आदेशले विश्वभर भयको तरङ्ग उत्पन्न गरेको छ ।

पश्चिमी स्रोतहरूका अनुसार रूसी स्थल सेना उत्तर, पूर्व र दक्षिणबाट यूक्रेनमा घुसेका छन् । यद्यपि युक्रेनी सेनाको तीव्र प्रतिरोधको सामना उनीहरूले गरिरहेका छन् जसको तीव्रताले सम्भवतः मस्कोलाई सोच्न बाध्य पारेको छ ।

यूक्रेनका अधिकारीहरूले केही रूसी सेनाहरू निरुत्साहीत र थकित भएका र दर्जनौंले आत्मसमर्पण गरेको दाबी गरेका छन् । रूसको सेनाले आक्रमणको एक दिनमै यूक्रेनी राजधानी कीभ पुगेको भएपनि यूक्रेनी सेनाले उनीहरूलाई पछि हटाउन लडिरहेका भन्ने यूक्रेनी दाबी रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू