Ads

एमसिसी पारित भएको विरोधमा आठ दलको बन्द, मुलुकभर सवारी आवागमन प्रभावित


काठमाडौँ,
विभिन्न आठ राजनीतिक दलले आज (सोमबार) नेपाल बन्द आव्हान गरेको छ ।

बन्दका कारण विहानैदेखि यातायात आवागमन प्रभावित भएको छ । सरकारले एमसिसी पारित गरेको विरुद्धमा आइतबार साँझ बसेको बैठकले नेपाल बन्द गर्ने निर्णय गरेको थियो । प्रहरीका अनुसार आज विहानैदेखि मुख्य शहरी क्षेत्रमा छिटफुट बाहेक सवारी चलेको छैन ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल), मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले बन्द आव्हान गरेको हो ।

यस्तै सिपी गजुरेल नेतृत्वको देशभक्त जन गणतान्त्रिक मोर्चा, ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकीको नेकपा माओवादी समाजवादीले पनि बन्द आाव्हान गरेको हो ।

ति पार्टीले संयुक्त विज्ञप्ति जारी गरी एमसिसी पारित गर्नु मुर्खता भएको दावी गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू