Ads

नयाँ बानेश्वर सडकमा शंकास्पद वस्तु भेटियो


काठमाडौं । बानेश्वरस्थित संसद भवन नजिक शंकास्पद वस्तु राखेको भेटिएको छ । नयाँ बानेश्वर सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो । अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।

एमसीसी अनुमोदनको विरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ ।

त्यो वस्तु बम भए नभएको पहिचालन गरी डिस्पोज गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरी स्रोतले बताएको छ ।

Ads

सम्बन्धित पोष्टहरू