काठमाडौं । शिवरात्रिमा पाशुपत क्षेत्र सजाईएको छ । शिवरात्रिको तयारीस्वरूप पशुपतिनाथ मन्दिर मुलद्वार बाहिर र आसपास रङ्गीचङ्गी फूलमाला र बिजुलीले झकिझकाउ छन् ।
पशुपति वरपरको रौनक हेर्न सयौं दर्शनार्थी पशुपति क्षेत्रमा पुगेका छन् । महाशिवरात्रिको व्यवस्थापनलाई ध्यान दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष प्रेम आलेको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
यसवर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा एक करोड १५ लाख भन्दा बढि खर्च हुने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।
भक्तजनको आकर्षणका लागि पशुपतिका पर्खालमा शिव पार्वतीलगायतका चित्र बनाइएको छ ।
तश्विरहरु : रासस
प्रतिक्रिया दिनुहोस्