काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा हालसम्म ८० ओटा दल दर्ता भएका छन्। निर्वाचन आयोगले खुला गरेको दल दर्ताको समयमा ८० ओटा दलहरू दर्ता भएको आयोगले जनाएको छ।
दर्ता भएका दलहरूको सूचीको पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी परेको छ ।
८० औं नम्बरमा नेपाल कम्युनिष्ट पार्टी रहेको छ। सरकारले ३० वैशाखमा स्थानीय तह निर्वाचन घोषणा गरेपछि आयोगले त्यसको तयारी थालेको छ।
निर्वाचन आयोगमा दर्ता भएका दलहरुको सूची ।
प्रतिक्रिया दिनुहोस्