Ads

सुर्खेतमा तनाव : पार्टी कार्यालयहरुमा तोडफोडपछि कर्फ्यु


सुर्खेत । बन्दकर्ताहरुले सुर्खेतमा विभिन्न पार्टीका कार्यालयहरुमा तोडफोड र आगजनी गरेपछि कर्फ्यु आदेश जारी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार अहिले राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी भएको हो ।

एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले आजै नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

वीरेन्द्रनगरको हटिया लाइनस्थित एमालेको कार्यलयमा लगाएको आगो प्रहरीले दमकलको प्रयोग गरेर नियन्त्रणमा लिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू