Ads

एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्दछ : ओली


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।

एमसीसीबारे मौनता तोड्दै एमालेले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो । ‘एमसीसी परियोजनासम्बन्धी सम्झौता संसद्‍बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ’, अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक भएको एमालेको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू