काठमाडौँँ । नेकपा एमालेले अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे सत्तारुढ दलमा गैरजिम्मेवारपन देखिएको आरोप लगाएको छ ।
पार्टीले आज(मंगलबार) एक विज्ञप्ती जारी गर्दै यस्तो आरोप लगाएको हो ।
“प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयनको प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता गठनन्धनका केही नेताहरूमा रहेको अज्ञानता वा गैरजिम्मेवारपन प्रकट भएको छ,” जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आज एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्नका लागि पार्टीले पत्रकार सम्मेलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्