काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताएका छन् ।
आज(मंगलबार) नेकपा एसले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सभामुख अग्निप्रसाद सापकोटाको राजिनामा हुनेबारे नचिताउन समेत चेतावनी दिएका छन् ।
अध्यक्ष ओलीले सभामुख सापकोटा विरुद्ध महाअभियोग प्रस्ताव आउन सक्ने भनेपछि उनले सांसदको अधिकार रक्षा गरिरहेका र संसद्को गरिमा जोगाएर राखेका सभामुखको पक्षमा दृढ भएर उभिने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्