काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेट्न वार्ता भएको छ । विप्लव बुधबार बिहान श्रेष्ठको निवास हात्तिवनस्थित पुगेका छन् ।
संसदबाट आइतबार एमसीसी सम्झौता पास भएको छ । उक्त एमसीसी सम्झौता संसदबाट पास भएपछि माओवादीभित्र अन्तरसंघर्ष चर्केको छ । श्रेष्ठ पक्ष एमसीसी पास हुनु हुदैन भन्ने पक्षमा रहेका छन् । संसदभन्दा बाहिर रहेको विप्लव नेतृत्को नेकपा पनि एमसीसी पास हुनु हुदैन भन्दै आएको छ । दुबै नेता एमसीसीको विरुद्धमा हुदा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।
एमसीसी पास भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग श्रेष्ठ रुष्ठ भएका छन् । यो विवाद साम्य नहुदै विप्लव श्रेष्ठबीचको भेटवार्तालाई महत्वपूर्ण रुपमा लिइएको छ । एमसीसी पास गर्नु हुदैन भन्दै आएका नेता श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्