काठमाडौँ । कर्णाली प्रदेशसभाको दशौं बैठक आज(बुधबार) दिउँसो १ बजे बस्ने भएको छ । यसअघि फागुन १६ गते बसेको बैठक अवरुद्ध भएको थियो ।
नेकपा एमालेले सात बुँदे सहमति कार्यान्वयनका बारेमा भएको प्रगति सदनमा प्रस्तुत गर्नुपर्ने माग राखेपछि बैठक अवरुद्ध भएको हो ।
सरकार र प्रमुख प्रतिपक्षी दलबीच माघ १८ गते भएको सहमतिअनुसार सातौं बुँदामा सरकारले गरेको प्रतिबद्धताअनुसार सचिवालयमा भएको प्रगतिका बारेमा कुनैपनि विवरण सचिवालयलाई उपलब्ध नगराएको बताउँदै एमालेले लिखित प्रगति माग गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्