Ads

प्रतिनिधिसभाको बैठक २२ गते सम्मका लागि स्थगित


काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज(बुधबार) बसेको बैठक फागुन २२ गते दिउसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक प्रारम्भ भएको जानकारी दिएभएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध सुरु गरेका थिए।

एमालेको अवरोधकाबीच पनि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन कानुनमन्त्री दिलेन्द्र बडूले पेश गरेका छन् ।

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएपछि पहिलो पटक संसद बैठक बसेको हो ।

Ads

सम्बन्धित पोष्टहरू