Ads

देशभरको औसत संक्रमणदर २ दशमलव ६ प्रतिशत


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ भने एक सय २७ नयाँ संक्रमित थपिएका छन् ।

छ हजार आठ सय ७४ जनामा आरटीपीसीआर र एन्टीजेन परीक्षण गर्दा एक सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन सय २१ जना संक्रमणमुक्त भएका छन् भने सोहि अवधिमा ३५ हजार सात सय ८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हाल सात हजार सात सय ७० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ४१ पुगेको छ ।

गत २४ घण्टामा गरिएको परिक्षणमध्ये देशभरको औसत संक्रमणदर २ दशमलव ६ प्रतिशत रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू