काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारयाणकाजी श्रेष्ठबीच आज (बिहीबार) पनि छलफल भएको छ।
आइतबार संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी पास भएको छ । संसदबाट एमसीसी पास भएपछि माओवादी केन्द्रमा अन्तर्रसंघर्ष बढेको छ । अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीच एमसीसीका विषमा फरक फरक धारणा रहेका छन् ।
श्रेष्ठ एमसीसी पास हुनु हुदैन भन्ने पक्षमा अडान राखेका छन् । प्रचण्डले भने अहिलेको राजनीतिक परिस्थितिका कारण व्यख्यात्मक सहित पास गर्नु परेको धारण सार्वजनिक गरेका छन् । माओवादी केन्द्रले एमसीसी पास नगर्ने निर्णय गरेको थियो । तर अहिले माओवादी पनि व्याख्या सहितको पास गर्ने पक्षमा पुगेपछि पास भएको हो एमसीसी । तर श्रेष्ठ भने अहिले व्याख्या सहितको एमसीसी पनि पास गर्नु हुदैन भन्ने पक्षमा छन् । जसका कारण अहिले प्रचण्ड र श्रेष्ठबीच विवाद सुरु भएको छ । विवादबार छलफल गर्न श्रेष्ठलाई प्रचण्डले बिहीबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएका हुन्। स्रोतका अनुसार श्रेष्ठलाई पार्टी छोड्ने तहको निर्णय नगर्न प्रचण्डले भनेका छन्।
पार्टी छोड्न जोकोही स्वतन्त्र रहने भनेर प्रचण्डले सोमबार अभिव्यक्ति दिएका थिए। प्रचण्डको अभिव्यक्तिपछि श्रेष्ठ थप असन्तुष्ट बनेका थिए।
मंगलबार श्रेष्ठकै निवासमा पुगेर प्रचण्डले यसलाई अन्यथा नलिन र नयाँ कदम नचाल्न आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस्