Ads

एमसीसी पास भएको विरोधमा झलनाथदेखि विप्लवसम्म एउटै मञ्चबाट सम्बोधन गर्ने


काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिस्ट पार्टी र मोर्चाले शुक्रबार जनसभामा गर्ने भएका छन् ।

काठमाडौंको खुल्लामञ्चमा दल र मोर्चाले आम सभा गर्ने घोषणा गरेका छन् । उक्त सभामा आयोजक दल मोर्चा बाहेक सत्ता गठबठबन्धन र प्रमुख प्रतिपक्ष दलमा रहेका एमसीसी विरोधी नेताहरुले पनि सम्बोधन गर्ने भएका छन् ।

सभालाई एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले पनि सम्बोधन गर्ने भएका हुन् । यी तीन जना नेताहरु अहिले आफ्नो पार्टीले संसदबाट एमसीसी पास गर्दा पनि त्यसको विरुद्धमा उभिएका छन् । खनालले संसदमा उठेर नै विरोध जनाएका थिए । श्रेष्ठले पाटी अध्यक्षले एमसीसी पास गर्ने निर्णय गरेपनि त्यसको विरोधमा अभिव्यक्ति दिदै आएका छन् । एमालेले संसदमा आफ्ना माग पुरा गर्ने माग गरेर अबरोध गरेपनि रावलले भने एमसीसीको छलफलमा भाग लिएर कडारुपमा विरोध जनाएका थिए ।

त्यस्तै हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू पनि जनसभाका प्रमुख वक्तामा छन् ।

Ads

सम्बन्धित पोष्टहरू