Ads

आउने निर्वाचनमा पहिलो पार्टी बन्छौं : बाँस्कोटा


सुर्खेत । नेकपा एमाले नेता गोकुल बाँस्कोटाले नेकपा एमाले रातो घोडा भएको भन्दै अन्य दलहरूलाई एमालेसँग लड्न चुनौति दिनुभएको छ ।

वर्तमान गठबन्धन लामो समय टिक्न नसक्ने जिकिर गर्दै उहाँले एमालेसँग जो–जो आउनुहुन्छ लड्न आउनुस् हामी जित्छौँ भन्नुभयो ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै उहाँले भन्नुभयो, ‘यो देशमा ओलिवेशन आयो–आयो म दाबीका साथ भन्छु, आउने निर्वाचनमा हामी पहिलो पार्टी बन्छौं ।’

नेता बाँस्कोटाले गठबन्धन सरकारलाई महावीर पुनको आविस्कार केन्द्रमा गएर नयाँ कुरा सिकेर आउन आग्रह गर्नुभयो ।

एमसीसीको बारेमा कुरा गर्दै पुष्पकमल दाहालले अमेरिकी साम्राज्यवाद भन्न विर्सनुपर्छ भन्दै प्रचण्डमाथि आक्रोश पोख्नुभयो । ‘संविधान जोगाउने उहाँहरु होइन आफ्नो छाला बचाउनका लागि एमसीसी पास गर्न सहमत हुनुभयो’ नेता बाँस्कोटाले भन्नुभयो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेलाई सिध्याउन भन्दै सञ्चार माध्यमहरू पनि लागि परेको बताउनुभयो । उहाँले एमालेमाथि चौतर्फी घेराबन्दी भइरहँदा सञ्चारमाध्यमले पनि साथ दिएको बताउनुभयो ।

प्रेस चौतारीका सहइञ्चार्ज समेत रहेका रिजालले भन्नुभयो, ‘घेराबन्दीलाई तोड्न प्रेस चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । देशका सम्पूर्ण राजनीतिक दलहरु पनि एमालेविरोधी गतिविधिमा लागिरहेका छन् । त्यसलाई पनि किनारा लगाउनु पर्छ ।’

Ads

सम्बन्धित पोष्टहरू