काठमाडौँ । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आज(बिहीबार)बाट धनगढी रंगशालामा सुरु हुँदैछ । सर्वाधिक धनराशीको यस प्रतियोगितामा आज उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्दै छन् ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले जनाएको छ । आयोजक सुदुरपश्चिम–११ सहित मनाङ, दिल्ली, एनजेजेवाईसी फुटबल क्लब, हिमालयन शेर्पा क्लब, बागमती युथ क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, न्यूरोड टिम, मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब, रहेका छन् ।
यस प्रतियोगिताको विजेता टोलीले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने छ भने उत्कृष्ट गोलरक्षक, फरवार्ड, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षक, उदयमान खेलाडी र फेयर प्ले टिमलाई जनही नगद २५ हजार पदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्