Ads

स्थानीय निर्वाचनका लागि आठ अर्ब ११ करोड रुपियाँ बजेटको सुनिश्चितता


काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि आठ अर्ब ११ करोड रुपियाँ बजेटको सुनिश्चितता भएको निर्वाचन आयोगले बताएको छ ।

आज(बिहिबार) नियमित पत्रकार सम्मेलनमार्फत निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट उक्त रकमको सुनिश्चितता भएको आयोगका प्रवक्ता शालीग्राम शर्माले बताएका छन् ।

मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, एकभन्दा बढी नाम भएको, मृत्यु भएको वा नागरिकता त्याग गरेको लगायतका निर्वाचनसँग सम्बन्धित मतदाता नामावलीको जाँचबुझलगायतका काम फागुन २० देखि २६ गतेसम्म गरिने आयोगद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानीय निर्वाचनमा भाग लिनका लागि ८० वटा दलले निवेदन दिइसकेका छन् । निर्वाचनमा भाग लिने राजनीतिक दलको नाम पनि २६ गतेभित्र प्रकाशन हुने पनि विज्ञप्तीमा उल्लेख छ ।

आयोगका अनुसार दर्ता भइसकेका ८० वटा दल र स्थानीय तहमा खट्ने प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावलीका बारेमा पनि जाँच बुझ भइरहेको छ ।

 

 

Ads

सम्बन्धित पोष्टहरू