काठमाडौं । एमसीसी अनुमोदनका विपक्षमा उभएिका ६ दल र दुई मोर्चाको आयोजनामा राजधानीमा बिरोध सभा शुरु भएको छ ।
सभामा बक्ताहरुले एमसीसीको व्याख्यात्मक घोषणा भनेर राजनीतिक दलहरुले भ्रम फैलाएको बताए ।
सभाको सभापतित्व गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले व्याख्यात्मक घोषणाको कुनै तुक नरहेको बताउनुभयो ।
उक्त व्याख्यात्मक घोषणालाई अमेरिकाले नस्वीकारेको उहाँले बताउनुभयो ।
’हिन्द प्रशान्त रणनीति सम्बन्धी क्लियर भएको भनिएको छ। यो घोषणा कानुनको अंग भएको भनेर भ्रम दिएको छ। यो अर्थहीन छ। यो कुनै अन्तराष्ट्रिय कानुनको अंग बनेको छैन। यसको अर्थ तुक केही छैन। भ्रमजाल मात्रै फालिएको हो’ उहाँले बताउनुभयो ।
संयुक्त आन्दोलनको घोषणा गरेका दलले पहिलो कार्यक्रम अन्तरगत यो कार्यक्रम गरेका हुन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पाटी (मसाल), मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र र कर्णजित बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिस्ट पाटी माओवादी समाजवादीले संयुक्त कार्यक्रम अघि बढाएका हुन् ।
संयुक्त विज्ञप्तिमा शुक्रबारदेखि चैत ६ गतेसम्मका कार्यक्रम सार्वजनिक गरिएको छ ।
तस्बिरहरु : मुक्ति गैरे
प्रतिक्रिया दिनुहोस्