काठमाडौँ । महामारीको रुपमा रहेको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लागू भएका प्रतिबन्ध पूर्ण रुपमा हटेका छन् ।
आज(शुक्रबार)देखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सम्पूर्ण प्रतिबन्धात्मक व्यवस्था हटाइएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जानकारी दिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्धारा जारी आदेशमा काठमाडौंमा प्रचललित कानुन बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवसायिकलगायत क्रियाकलापमा मापदण्ड पालना गर्न भनिएको छ । यसअघि जारी भएका आदेशमा भएका प्रतिबन्धात्मक व्यवस्था पूर्ण रुपमा हटाइएको उल्लेख गरिएको छ ।
कोरोना महामारीको कठिन समयमा जारी आदेशको परिपालना गरेर संक्रमण रोकथाममा सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालालाई प्रजिअ रिजालले धन्यवाद व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले भोलि(शनिबार)देखि लागू हुने गरी उक्त आदेश जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्