Ads

शैलुङ्गमा ओलीको सम्वोधन : सरकार देश र जनताका लागि होइन, गठबन्धनको लागि मात्रै


दोलखा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार देश र जनताका लागि नभएको तथ्यबाटै प्रमाणित भइसकेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले दोलखाको शैलुङ्ग डाँडामा आज आयोजित शैलुङ्ग साहित्यिक–सांस्कृतिक महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले  अहिलेको सरकार देश र जनताका लागि नभएर गठबन्धन जोगाउनकै लागि मात्र भएको बताउनुभयो ।

‘अहिलेको सरकार विकासका लागि होइन,देश र जनताका लागि होइन, गठबन्धनको लागि मात्र हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

देश र जनताका लागि काम गर्ने पार्टी नेकपा एमाले मात्रै हो भन्ने कुरा जनताले बुझेका बताउँदै उहाँले भन्नुभयो, ‘धेरै भोट कसलाई दिनुहुन्छ भनिरहँन र राजनीतिक कुरा गरिरहन आवश्यक छैन,एमाले देश र जनताको पार्टी हो भन्ने जनताले बुझिसकेका छन् ।’

उहाँले नेपाल गरिबको मुलुक भनेर होइन समृद्धितर्फक लम्किएको मुलुक भनेर चिनाउने काम आफू नेतृत्वको सरकारले गरेको तर बर्तमान सरकारले सो योजनालाई बिफल बनाउनतिर लागेको बताउनु भयो । उहाँले गठबन्धन सरकारले फेरि देशलाई संकटतर्फ धकेल्दै लगेको पनि बताउनुभयो । सरकार चलाउनेहरु ठिक नभएका कारण देशको अवस्था अस्तव्यस्त बनेको ओलीको भनाई थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू