काठमाडौं । महाधिवेशन पछि केन्द्रीय कमिटीको एक बैठक बसेर अध्यक्षमात्र चयन गरेको माओवादीको लामो समयपछि केन्द्रीयक कमिटी बैठक बसेको छ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै भन्दा पहिला ब्रिफिङ गरेका थिए । जसमा स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल हुने बताएका छन् । साथै पहिलो पार्टी कांग्रेस भएपनि दोस्रो माओवादी हुने कारण पनि प्रष्टयाएका छन् । उनले माओवादी लेफ्टमा पहिलो पार्टी हुने दाबी गरेका छन् । उनले शुक्रबार बैठकमा गरेको ब्रिफिङको सम्पादीत अंश यस्तो छ ।
हामी निर्वाचनको सम्मुखमा छौं । निर्वाचनमा गठबन्धनकै वीचमा तालमेल गरेर जानुपर्छ भन्नेमा हामीले छलफल गरिरहेका छौं । निर्वाचनसँग सम्वन्धित कुरामा हिजो गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संन्यत्रमा कुरा हुदा पनि र शीर्ष नेताका बीचमा कुरा हुदा पनि हामी मिलेर नै चुनावमा जाने भन्ने भएको छ । गठबन्धन सहित नै जाने हो । त्यसको निम्क्ति आवश्यकता अनुसार विभिन्न् कार्यदलहरु बनाएर अझ मुख्यतः माथीवाट दिशानिर्देश गर्ने कुरा छदैछ । तर जिल्ला र स्थानीयस्तरमा कहाँ कस्तो स्थिती छ, कुनमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका, गाउपालिकाको स्थिती के छ ? भन्ने कुराको विश्लेषण गर्ने, तथ्यांकहरु विगतकोलाई हेर्ने र सुझावहरु केन्द्रीत गर्ने भन्ने कुरा भईरहेको छ ।
त्यसो गरेर हामीले सकेसम्म मिलेर नै जाने भन्ने भएको छ । अझ प्रधानमन्त्री शेरवहादुर देउवाजी कै कुरा के छ भने, मूलत सवै रुपमा र आम रुपमा भन्ने अहिले भएको त छैन, तर जहाँ जसले जितेको छ, त्यहा मूल रुपमा त्यसैलाई दिने र अरुले सहयोग गर्ने, जाहा जसको दोस्रो नम्वरको छ र उसको उम्मेदवार पनि राम्रो छ भने त्यस्तोलाई पनि प्राथमिकताका साथ छोडने र जहा हिजो एमालेले जितेको ठाँउहरु छ, त्यहाँको संख्याको स्थिती , जनआधारको स्थिती, र अहिलेको उम्मेदवारको स्थिती समेत लाई हेरेर त्यसलाई अगाडी वढाएर जाने भन्ने गरि छलफल भएको छ । यधपी यसको अन्तिम टुग्गो लागिसेकको छैन ।
जेहोस्, हिजो वेलुकीसम्मको कुरा हामी गठबन्धन मिलेर नै चुनाव लडने भन्ने कुारमा सिद्धान्तत कमिटमेन्ट सवैको देखिन्छ । ५ पार्टीकै । गठबन्धनवाट जनमोर्चा अलग भएपनि सरकारको समर्थन गर्ने कुरामा अलीग्गएको छैन । सरकारलाई समर्थन गरिराख्ने र चुनावी तालमेल गर्नुपर्ने भएमा चुनावी तालमेल पनि गरेर जाने भएको हुनाले तालमेलको हकमा ५ वटै दलको वीचमा तालमेलको सम्भावना कायमै छ । त्यसकारण यसो गरेर जाने र छिटटै अलिक योजनावद्द ढंगले नीतिगत कुरा क्लियर गरेर सुझावहरु संकलन गर्ने, मिलेर चुनाव लडने भन्ने भएको छ ।
त्यसकारण म केन्द्रीय समिति सदस्यहरुलाई गठबन्धनको तल स्थिती के छ भन्ने कुराको ठोस र तथ्यपरक यर्थाथ रिपोर्ट पनि हामीले कलेक्सन गर्नुपर्ने भयो । र, हामीले अरु तयारी पनि गठबन्धनसँग स्थानीय तहमा पनि अलिक स्थानीय तहमै कुरा गर्नुपर्ने देखिन्छ । केन्द्रले भन्दैमा कतिपयमा स्थानीय तहमा कुरा नमिल्न सक्छ । किनभने हजारौं उम्मेदवारहरु हुन्छ । प्रतिस्पर्धा पनि आफनै पार्टीभित्र पनि हुन्छ । पार्टी (पार्टी बीचमा पनि हुन्छ । त्यसकारण गीभ एण्ड टेक भन्ने कुरा जति स्थानीय तहमा स्थानीय नेतृत्वलाई त्यहाको राम्रोसँग परिस्थिती थाहा हुन्छ, केन्द्रीय नेतृत्वलाई सवै कुरा अपेक्षित थाहा नहुने भएकोले यसमा स्थानीय तहको तालमेलको हकमा स्थानीय तहलाई नै अलिक सक्रिय बनाउने र उहाहरुलाई नै एक अर्कामा के कसरी मिलाउन सकिन्छ भन्ने कुरा उहाहरुको सुझावलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने छ ।
भोलि संघ र प्रदेशको चुनावमा अलिक वढी केन्द्रले सक्रियता देखाउनु पर्ने हुन्छ, भने स्थानीय निर्वाचनमा स्थानीय तहलाई नै सक्रिय बनाएर सुझाव संकलन गर्नुपर्छ भन्ने सम्मको कुरा भएको छ । त्यसकारण हामी सवैले त्यही रुपमा वुझेर आ आफनो प्रदेश र जिल्लभित्र स्थानीय तहको स्थितीको बारेमा, उम्मेदवारको स्थितीको बारेमा, जनमतको वारेमा, पहिलेको तथ्यांक के थियो, सुझाव परिणाम के थियो र अहिले त्यसमा के परिवर्तन आएको छ भन्ने वारेमा यर्थाथपरक रिपोर्ट तयार पार्ने कुरालाई उच्च प्राथमिकता दिनुपर्ने अवस्था छ ।
साथसाथै हामीले भनेका छौं, पहिले आफनै पार्टीलार्इ वलियो बनाउने, सुढृढ बनाउने कुरालाई उच्च प्राथमिकतामा राखेर मात्रै गठबन्धनको कुरा टुग्याउनुपर्छ भन्ने कुरा हामीले महाधिवशेन अगाडी, महाधिवेशनमा र महाधिवेशनपछि पनि र अस्ति कार्यालयको तर्फबाट गरिएको सर्कुलरमा पनि जोड दिइएको छ । हामीले हाम्रो संगठन, जनधारलाई सुढृढ गर्ने कुरामा सबैको ध्यान जानेनैछ ।
अव स्थानीय तहको चुनावको समय दुई महिनामात्रै वाँकी छ । अव यो छोटो अवधीमा हामीले युद्धस्तरमा काम गर्नुपर्नेछ । ठूलो सक्रियताका साथ अगाडी बढनुपर्छ ।
संसदीय निर्वाचनमा ठूला दल कांग्रेस र एमाले नै हुन् । लेप्टभित्र धेरै कन्फूयजन दिन सक्ने एमाले नै छ। कांग्रेसको भोट वैंक आफनै छ । त्यसले लेप्टलाई धेरै फरक पादैन । तर एमालेले जनतालाई भ्रमित र प्रभावित पार्न सक्ने हुन्छ । हामीले पाएको सूचना अनुसार उनीहरु गाउ गाउ गएर गर्नुपर्ने तयारी सवै गरेर अगाडी वढिसके भन्ने छ । एउटा त त्यतापटटी हाम्रो तयारीलाई हेरेर पनि होला । हामी गठबन्धन गरेर जान्छौं भनेर पनि होला । तर उनीहरु यसमा सिपालु नै छन् । अनुभवी पनि छ । घरमै परिवारका सदस्य को कता छ, कसले भन्दा ठिक हुन्छ ? कसलाई के भन्दा ठिक हुन्छ भन्ने सम्मका रिपोर्टहरु कलेक्सन गर्ने र गतिविधि गरिसके भन्ने छ । काग्रेसको आफनो खालको चलिराख्छ । उनीहरुको धेरै असहज पनि हुदैन । उनीहरुको लेप्ट मुभमेन्टको जस्तो अनुशासित कार्यकर्ता त हुदैनन । तर अन्तत फेरि एक ठाउँमा हुन्छन । त्यो विशेषता काग्रेसको छदैछ । त्यसकारण कांग्रेसभित्र हामीले सुनेका छौं, निर्वाचनका सन्र्दभमा सवै नेताहरुको एउटै बोली आउँदैन । निर्वाचनमा गठबन्धन गरेर तालमेल गरेर जाने हो भन्ने र एक्लै लडने हो भन्ने पनि छ । कांग्रेसले कुनै निर्णय गरिहालेमा पनि त्यो आमरुपमा पालना पनि हुदैन, आम रुपमा फेरि मिल्छ । विचित्रको तरिका छ ।
त्यसकारण हामी ’न्यू कमर‘ हौं । प्रतिस्पर्धामा हामी उनीहरु भन्दा नयाँ छौं । त्यसकारण वढी मेहनत हामीले गर्नुपर्ने छ । हामीले मेहनत वढी गरयौं भने हामी के देख्छौं भने हिजो नेताहरुका वीचमा थोरै भएको कुराको संकेत मात्र गर्छु, गठबन्धनमा तयारी गरेर गयौं भने पहिलो नम्वरमा नेपाली काग्रेस नै हुन्छ, दोस्रोमा माओवादी केन्द्र हुने पुरै सम्भावना छ भन्ने बारेमा अरु पक्ष पनि सहमत छन् । हामी दोस्रो नम्वरमा हुँदा भोलिको देशको राजनीतिमा कही न कही हाम्रो भूमिका झण्डै झण्डै निर्णायक भएर आउँछ ।
प्रायस १ नम्बर हुने गरी गर्ने हो । १ नम्बर नै भन्ने अलिक मनोगत नै हुन्छ अहिले । दोस्रो हुने सम्भावना प्रबल छ । दोस्रो हुने भनेको हाम्रो भूमिका चँही पहिलो नै हुने हो फेरि । त्यसकारण हामीले आफनो शक्तिलाई ठिक ढंगले सुढृढ गर्ने, पार्टीलाई एकतावद्ध गर्ने र अरु तयारी पनि उम्मेदवार चयन देखि अन्य भौतिक र प्रचारात्मक तयारी पनि गर्ने हो भने दोस्रो नम्बर हामी हुन्छौं । त्यो कुरा हाम्रो मात्र होइन, गठबन्धनभित्र पनि सवैको सोचाई त्यही नै देखिन्छ ।
त्यसो भयो भने समग्र देशको राजनीतिको हामी निर्णायक शक्ति हुन सक्ने स्थिती बन्छ नै, त्यसो भयो भने वामपन्थी आन्दोलनको मूलधार फेरि एकचोटी माओवादी केन्द्र हुनसक्ने पनि प्रष्ट भएर आउँछ । अहिलेसम्मको पार्लियामेन्टको वनावट हेर्दा एमाले नै मुख्य शक्तिको रुपमा छ । अहिले पनि उनीहरुको ९७ सिट छ । भोलि हामीले गठबन्धनलाई र हाम्रो शक्तिलाई ठिक ढंगले परिचालन गरियो भने हामी लेप्टको फष्ट चँही हुन्छौं । त्यो सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्