Ads

वैशाखमा ‘नेपाल फर्मा एक्स्पो’


काठमाडौं । नेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिबारे जानकारी दिन ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ ।

सङ्घले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जानकारी गराउनका लागि एक्स्पो गर्न थालिएको जानकारी दिए।

नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्न, औषधि प्राविधिक तथा फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले पनि एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ थियो ।

अध्यक्ष पाण्डेले नेपाली औषधि विदेशी औषधिभन्दा सस्तो र गुणस्तरीय रहेको बताए । उनले सरकार र राजनीतिक दलको सहयोग भए नेपाललाई औषधिमा निर्भर बनाउन सकिने धारणा व्यक्त गर्नुभयोे । एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीले नेपाली औषधिलाई सबै जिल्लामा पु¥याइरहेको जानकारी दिए ।

उनका अनुसार एक्स्पोमा रहने १६० कक्षमा औषधिमा नयाँ प्रविधिको खोज गरिरहेका १२० बहुराष्ट्रिय कम्पनी र ४० नेपाली औषधि उद्योगको सहभागिता हुनेछ । वार्षिक रु. ६० अर्बको नेपाली औषधिको कारोबार हुने गरेको र औषधि उद्योगमा ५० हजार मानिसले रोजगार पाएका छन् । नेपालमा ३५ वटा प्राविधिक कलेजबाट एक हजार ५०० औषधि प्राविधिक र ५०० फर्मासिस्ट उत्पादन हुँदै आएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू