Ads

एमाले अध्यक्ष ओली सुखानीका शहिदको स्मृति सभामा भाग लिन झापा जादै


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शहिदहरुको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्न झापा जादै छन् । सुखानीको जंगलमा जेल चलान गर्ने नाममा क्रुरर पंचायती शासकले पाँच जना कम्युनिष्टहरुको हत्या गरेको थियो । कम्युनिष्ट योद्धाहरु नेत्र घिमिरे,रामनाथ दाहाल,वीरेन राजवंशी र कृष्ण कुँइकेललाई जेल सार्ने वहानामा २०२९ साल फागुन २१ गतेका दिन इलामा र झापाको सीमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।

२०२८ सालमा झापा आन्दोलन सुरु भएको थियो । यो आन्दोलनमा केपी ओली,सीपी मैनाली,राधाकृष्ण मैनालीलगायत धेरै झापाली युवाहरु सहभागी भएका थिए । वर्ग दुश्मन खतम अभियान चलाएका थिए । त्यो आन्दोलनमा लागेका केहि युवाहरु शहिद भए धेरै अहिले कम्युनिस्ट राजनीतिमा सक्रिय छन् ।

सुखानीमा जंगलमा मारिएका कम्युनिस्ट क्रान्तिकारीहरुको स्मृतिमा नेकपा एमालेले हरेक वर्ष सुखानी दिवस मनाउने गरेको छ । सुखानीमा एमालेले पाँच शहीदको शालिक स्थापना गरेर पार्क बनाएको छ भने केपी ओली नेतृत्वको सरकारले २०७२ साल फागुन १९ गते सुखानीमा मारिएका योद्धालाई शहीद घोषणा गरेको थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू