Ads

संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई आज काठमाडौंमा उद्घाटन गदै सो कुरा बताएका हुन् ।

उनले भने, ‘संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी निजामती क्षेत्रलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको छ ।’
प्रधानमन्त्री देउवाले मुलुक संघीय संरचनामा गएपछि कर्मचारी समायोजन गर्दा देखिएका समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू