झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्न प्रस्ताव गरेका छन् ।
गृहजिल्ला झापाको विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कोसी सभ्यता सबैको साझा सभ्यता भएकाले यसको यस प्रदेशको नाम कोसी प्रदेश राख्न सुझाएका हुन् । उनले आज प्रदेश १ को नामका बारेमा एमालेको धारणा पहिलोपटक सार्वजनिक गरेका छन् ।
अन्य सबै प्रदेशका नामाकरण भइसक्दा पनि प्रदेश १ को नाम राख्न सकस परिरहेका छ । यस्तो समयमा एमाले अध्यक्ष ओलीले यो धारणा सार्वजनिक भएको छ ।
प्रतिक्रिया दिनुहोस्