Ads

एमालेको विरोध गर्नु नै गठबन्धनको उद्देश्य : ईश्वर पोखरेल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको एकमात्र उद्देश्य एमालेको विरुद्ध लाग्नु भएको बताएका छन् ।

ओखलढुंगा(काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले उक्त कुरा बताएका हुन् ।
उनले अहिले सत्ता गठबन्धन एमालेलाई कमजोर बनाउने उद्देश्यसहितको एकसुत्रिय एजेण्डा बोकेर हिँडेको बताए ।

उनले भने, ‘गठबन्धनकारी शक्तिको एक मात्र उद्देश्य नेकपा एमालेको विरुद्धमा केन्द्रीत हुने हो । एकसुत्रिय एजेण्डा एमालेलाई कमजोर बनाउने र एमालेलाई समाप्त पार्ने हो ।’
गठबन्धनको यो उद्देश्य विफल पार्नका लागि एमाले एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए ।

स्थानीय निर्वाचनमा दुई ध्रुवमा बाँडिएको राजनीतिमा एमालेलाई बलियो बनाउनुपर्ने बताए ।

स्थानीय तहको निर्वाचनमा नेताहरुले आँखा झिम्क्याएको भरमा टिकट नपाइने उल्लेख गर्दै पार्टीलाई कमजोर बनाउने गरी अगाडि नबढ्न आग्रह गरे ।

Ads

सम्बन्धित पोष्टहरू