काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सामाजमा र राजनीतिमा रहेका भ्रमहरु चिर्ने काम प्रेस चौतारीले गर्नु पर्ने बताएका छन् । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन दाङमा उद्घाटन गदै उक्त कुरा बताएका हुन् ।
उनले भने , ‘भ्रमपूर्ण काम चिर्नका लागि मिडियाको भूमिका महत्वपूर्ण हुन्छ । मिडियाको शक्ति नै भ्रम चिर्ने र सत्य तथ्य र निस्पक्ष पत्रकारिता गर्ने हो । अबको भूमिका अझ बढी जिम्मेवार र प्रभावकारी हुनुपर्ने छ।’
स्थानीय तहको निर्वाचनसहित प्रदेश र संघको चुनावमा प्रेस चौतारीको भुमिका महत्त्वपूर्ण हुनुपर्ने उनको भनाइ छ ।
पार्टीले केन्द्र बनाएर अगाडि सारेको कामलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि लाग्नुपर्नेमा जोड दिए ।
अहिलेको आवश्यकता संरचनालाई अध्यावधिक गर्नुपर्ने र एकीकृत हुनुपर्ने बेला आएको भन्दै उनले यतिबेला कामको समीक्षा निर्मम रुपमा गर्नुपर्ने बताएका छन् । नराम्रो कामलाई छाडेर अब सकारात्मक काममा लाग्नुको विकल्प नभएको उनले बताए ।
कार्यक्रममा बोल्दै केन्द्रीय पोलिटब्यरो सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज सूर्य थापाले अबको पत्रकारिता विकास केन्द्रीय हुनुपर्ने भन्दै पत्रकारले विकासका मुद्दामा जोड दिनुपर्ने बताए ।
प्रेस चौतारी नेपाल लुम्बिनीले संगठनका अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । अग्रज पत्रकार सम्मानको रुपमा पुर्व उपाध्यक्ष मोहन चापागाईं, शरद अधिकारी र पुर्व कोषाध्यक्ष अक्षरी पोखरेललाई सम्मान गरेको छ ।
यस्तै चौतारी लुम्बिनीले उत्कृष्ट पत्रकार सम्मानको रुपमा रुपन्देही शाखाबाट बुटवल टुडे दैनिकका बरिष्ठ संवाददाता कृष्ण खनाल, बाँकेबाट विश्वराज पंछांग्या, दाङबाट रन्जिता अधिकारी, पाल्पाबाट कृष्णप्रसाद पोखरेल, कपिलवस्तुबाट गिता पौडेल, नवलपरासीबाट मोहन पौडेल, अर्घाखाँचीबाट नवीन केसि र रुकुमबाट महेश केसि नगद सहित पुरस्कृत भएका छन् ।
यस्तै उत्कृष्ट शाखाको रुपमा रुपन्देही शाखा र दाङ शाखा पुरस्कृत भएको छ ।
प्रतिक्रिया दिनुहोस्