Ads

तोकिएकै समयमा स्थानीय तहको निर्वाचन : सञ्चारमन्त्री कार्की


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ ।

गोरखापत्र संस्थानको अवलोकन भ्रमणका क्रममा बोल्दै मन्त्री कार्कीले सरकार तीनवटै तहको निर्वाचन समय मै सम्पन्न गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले गोरखापत्रलाई विश्वासिलो र पठनीय बनाउने काममा जुट्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘गोरखापत्रको पहुँच देशका सबै भागमा पुग्नुपर्छ । साथै यो पुगेर मात्र हुँदैन, आम मानिसले पढ्ने अखबार बनाउनु पर्छ ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले अहिलेको समय अनुसार संस्थानका प्रकाशन र विषय वस्तुको गुणस्तरका साथै छपाइमा पनि सुधारको आवश्यकता रहेको बताउनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू