Ads

ललितपुरको कोञ्ज्योसोम घटनाबारे अनुसन्धान जारी


काठमाडौँ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ स्थित नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ ।

मृत्युको कारणबारे अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली घटनास्थलमा छन् । परिवारका सदस्यहरु घरभित्र आगो बालेर सुतेको र भेन्टिलेसन नभएको घटनास्थल पुगेका ललितपुरका एसएसपी यज्ञविनोद पोखरेले बताएका छन् ।

पोखरेलकाअनुसार झ्याल, ढोका बन्द गरेर सुतेको र भित्र आगो बालेको हुदाँ निसास्सिएको हुनसक्ने आशंका गरिएको छ ।

मृत्युको यकिन कारण खुल्न अझै बाँकी रहेको भन्दै पोखरेलले अनुसन्धान जारी रहेको बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू