Ads

माओवादीले एमसीसीमाथिका फरक मतमा चुनावपछि निर्णय गर्ने


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमाथि पार्टीमा रहेका फरक मतमा स्थानीय तहको निर्वाचनपछि निर्णय गर्ने प्रस्ताव गरेका छन् ।

दोस्रो दिनको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा नेताहरुले राखेका फरक मतमाथि निर्वाचनपछि निर्णय गर्ने प्रस्ताव गरेका हुन् ।

बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मौखिक रुपमा र तीन अन्य नेताहरुले लिखित रुपमा नै एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णयको विपक्षमा आफ्नो फरक मत पार्टी कार्यलयमा दर्ता गराएका छन् ।

यस्तै माओवादीले ९७ जना केन्द्रीय सदस्य थप गर्ने तयारी गरेको छ । विधान अनुसार १५ प्रतिशत मनोनीत हुनेछन् । माओवादीको ३४४ जना सदस्य रहेको केन्द्रीय समिति रहने व्यवस्था रहेको छ ।

यस्तै बैठकले निर्वाचनका लागि नेताहरुको कार्यविभाजन गर्ने तयारी पनि गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू