काठमाडौँ । स्थानीय निर्वाचनमा ७२ वटा दलहरुले उम्मेदवारी दिने भएका छन् ।
आफ्नो दलबाट उम्मेदवारी दिनका लागि निर्वाचन आयोगमा दर्ता भएका ८० वटा दलहरुमध्ये ७२ वटा दलले देशभरबाट उम्मेदवार उठाउने तयारी गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन् ।
चैतको पहिलो साताबाट निर्वाचन आचार संहिता लागू गर्ने आयोगको तयारी रहेको छ ।
१ करोड ७८ लाख मतदाता नामावली स्थानीय तहहरुमा पठाइएको बताउँदै अहिले ती नामावलीमाथि दावी विरोधको प्रक्रिया चलेको बताइएको छ ।मृत्यु भएका, बसाईसराई गरेका र नाम दोहोरिएकोबारे उजुरी परेमा त्यस किसमिका नाम मतदाता नामावलीबाट हटाइने आयोगको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्