काठमाडौँ । सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज(बुधबार) एक खेल हुने भएको छ । धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा भिड्ने छन् ।
मनाङ र शेर्पाबीचको खेल ३ बजेपछि सुरु हुनेछ ।
यस प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । यस प्रतियोगिताको विजेता टोलीले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने छ भने उत्कृष्ट गोलरक्षक, फरवार्ड, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षक, उदयमान खेलाडी र फेयर प्ले टिमलाई जनही नगद २५ हजार पदान गरिने छ ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्