विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले एमसीसीको पक्ष र एमालेले सरकारमा हुँदा गरेका कामको विपक्षमा भण्डाफोर अभियान चलाउने भनेकोमा व्यंग्य गर्दै धरहरा पनि भत्काउने ? भन्ने प्रश्न गरेका छन् ।
मोरङको रंगेलीका मेयर, उपमेयर र वडाध्यक्षसहित माओवादीका सयौं नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले गरेका कामको भण्डाफोर गर्ने भनेर विकासको विरोध गर्दै हिड्ने ? भन्ने प्रश्न समेत गरे ।
मिल्ने भए सत्ता गठबन्धनका मान्छेहरुले धरहरा र रानीपोखरी पनि भत्काउने भन्दै केपी ओलीको याद आउने कुनै पनि संरचना बन्न नदिने प्रयास भइरहेको उनले बताए । ओलीले आफ्नो पालामा सडक विस्तार, निर्माण र सुरुङमार्गको काम अघि बढेको भन्दै त्यसलाई रोक्न अदालत प्रयोग गरेर आफ्नो सरकार ढालिएको दावी गरे ।
लिम्पियाधुरासहितको नेपालको गुमेको भूभाग समेटर आफूले नक्सा प्रकाशन गरेदेखि नै प्रचण्ड-माधव समूहले आफूलाई सत्ता र पार्टीबाट हटाउन षड्यन्त्र गरेको ओलीको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस्