काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको छ। सिफारिस समितिले बुधबार ३ जनाको नाम सरकारलाई दिएका छन्।
तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल पूरा भएपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि गत पुस २५ गते सरकारले खुला प्रतिस्पर्धाको सूचना निकालेको थियो। त्यसमा १७ जनाको आवेदन परेको थियो।
सिफारिसमा परेकाहरूमा नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक उमेशप्रसाद थानी, विशेष आर्थिक क्षेत्र (सेज) कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अवकाश प्राप्त सरकारका सहसचिव जीवनप्रकाश सिटौला रहेका छन्। सिफारिसका आधार मन्त्रिपरिषद्ले एक जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्नेछ।
प्रतिक्रिया दिनुहोस्