काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा समूहगत छलफलका रिपोर्टिङ सुरु भएको छ । बुधबार गठन गरिएका ९ वटा समूहमा भएको छलफलको निष्कर्ष समूह नेताले बिहीबारको बैठकमा प्रस्तुत गरेका हुन्।
रिपोर्टिङ गरेका समूहहरुले आगामी निर्वाचनमा कमसेकम पनि एमाले भन्दा आफूहरु ठूलो पार्टी बन्नुर्पो बताएका छन् । गठबन्धन नभएपनि चुनावमा एक्लै पनि विजय हुनु पर्नेगरी तयारी गर्नु पर्ने बताएका छन् ।
हाम्रा सबै रणनीति, कार्यनीतिहरु त्यसै अनुसार निर्देशित हुनुपर्दछ। हाम्रो सम्पूर्ण शक्ति भन्नाले केन्द्रीय कमिटीका सदस्यहरु, हाम्रा पार्टी सदस्यहरु, ७७ वटै जिल्ला कमिटीहरु, सातवटै प्रदेश कमिटीहरु, ७५३ वटै पालिका कमिटीहरु, ६७४३ मध्ये हाम्रो अहिलेसम्म बनेका सबै वडा कमिटीहरु सम्पूर्ण शक्तिका साथ यो निर्वाचनमा शानदार विजय हासिल गर्नेगरी कन जानुपर्छ भनेर नवै समूहबाट सुझाव आएको छु, एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
गठबन्धनमा आबद्ध पाँचै दललाई गठबन्धनको आवश्यकता भएको बैठकमा उठेको छ । त्यसकारणले हामीले अन्तिमसम्म पनि प्रयत्न गर्नुपर्छ। स्थानीय तहको चुनाव मात्रै होइन, प्रदेश र संघको चुनावमा पनि गठबन्धन कायम गरेर जाने खालको कुरामा हदै सम्मको लचकता अपनाएर हामीले कोसिस गर्नुपर्छ भन्ने खालको कुरा उठेको छ, एक केन्द्रीय दस्यले बताए ।
समूहगत छलफलका लागि बुधबार नै सात वटा भूगोल प्रदेश, एउटा उपत्यका विशेष र सम्पर्क प्रदेश, अर्को विभाग र मोर्चाहरु भनेर ९ वटा समूह बनाइएको थियो।
हिजैदेखि सुरु भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइसकेपछि अध्यक्ष माधवकुमार नेपालले जवाफ दिने कार्यक्रम छ। त्यस्तै, सम्मानित नेता झलनाथ खनालले पनि मन्तव्य राख्नेछन्। समसामयिक प्रस्ताव सहित आजै बैठक सम्पन्न गर्ने तयारी छ।
प्रतिक्रिया दिनुहोस्