सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका ६ मा भएको बस दुर्घटनामा परी ज्यान गुमाएकाको सनाखत भएको छ। दुर्घटनामा परि मृत्यु हुने सबै १४ जनाको पहिचान खुलेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिए।
मृतकमध्ये ९ जना पुरूष र ६ जना महिला छन्। जसमध्ये २ जना बालबालिका छन्।
दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएका छन् ।
सबै १४ मृतकलाई पोस्टमार्टमका लागि चैनपुर अस्पताल लगिएको छ।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको हो।
मृतकहरू
३५ वर्षिय विपिन निरौला (सवारी धनी तथा चालक) औँशीडाँडा, तेह्रथुम
३५ वर्षिय उमेश भट्टराई (सहचालक) मादी–६, संखुवासभा
४५ वर्षिय दीपक दाहाल, मादी ५, संखुवासभा
५२ वर्षिय श्याम शेर्पा, मादी ५, संखुवासभा
५५ वर्षिय भवानी दाहाल, मादी ५, संखुवासभा
३८ वर्षीय इन्द्रबहादुर अधिकारी, मादी ६, संखुवासभा
५ वर्षिया दिक्षा कटवाल, मादी ६, संखुवासभा
३२ वर्षिया अन्जना कटवाल, मादी ६ संखुवासभा
३८ वर्षीय आइतबहादुर तामाङ, मादी ४, संखुवासभा
३५ वर्षिया सबिता राउत कार्की, मादी ४, संखुवासभा
३० वर्षिया सीता विक , मादी ६, संखुवासभा
६० वर्षिय बलबहादुर कार्की , मादी ४, संखुवासभा
३१ वर्षीया समिक्षा योन्जन, ताप्लेजुङ
८ वर्षिय सुदीप घिसिङ, ताप्लेजुङ
घाइतेहरू
३० वर्षिय सुबास गोले , मादी ५ , संखुवासभा
३० वर्षिय युका पोखरेल, मादी ५, संखुवासभा
२२ वर्षिय तुलसा कट्वाल , मादी ६, संखुवासभा
अम्बिका बिक , मादी ६, संखुवासभा, संखुवासभा
५० वर्षिय डम्बरबहादुर कार्की , मादी ६, संखुवासभा
प्रतिक्रिया दिनुहोस्