काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकले विभिन्न निर्णय गर्दै आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्नेगरी कार्ययोजना पारित गरेको छ ।
त्यस्तै अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरिएको थियो ।
बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमसीसीका बारेमा आएका विचार र धारणालाई समेत पार्टीको सम्पत्तिका रुपमा राख्दै आवश्यक पर्दा छलफल गर्न सकिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्