Ads

एमसीसी टेन्डरका लागि तयार रहन निमार्ण व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना टेन्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । एमसीसी परियोजना अन्तर्राष्ट्रिय टेन्डर हुन्छ, यसमा नेपाली निर्माण व्यवसायीहरु समेत सहभागि हुन पाउछन् त्यसकारण तयार रहन भनेका छन् ।

शुक्रबार राजधानीमा निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को निर्वाचन सहितको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले भने ‘अमेरिकी आर्थिक सहयोग तथा परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसदबाट पास भई कार्यान्वयनको चरणमा गइसकेको छ । अब छिट्टै अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक टेन्डर हुने छ । यसका लागि नेपालका निर्माण व्यवसायीहरु पनि तयार रहनु।’

एमसीसी नेपालले मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकाले समेत सञ्चालन गर्ने हो । यसका लागि अन्तर्राष्ट्रिय टेन्डर हुन्छ, यसमा नेपाली निर्माण व्यवसायीहरु समेत सहभागि हुन पाउने देउवाले बताए ।

योसँगै प्रधानमन्त्री देउवाले हाल कार्यान्वयनमा रहेको सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष र व्यवसायीहरुको माग तथा सुझाव बमोजिम परिमार्जन गरिने समेत आश्वस्त पारेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू