काठमाडौं । मन्त्रिपरिषद्को बैठकले बन्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन क्रममा उत्पन्न हुने प्रभाव न्यूनिकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सो क्षेत्रका स्थानीयसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न पनि सरकार तयार रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।
शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा उनले फोहोरबाट स्थानीय तहमा पर्ने प्रभाव न्यूनिकरण गर्न सम्वद्ध निकायलाई निर्देशन दिइएको पनि जानकारी गराए । मन्त्रीपरिषदको बैठकले फोहोर विसर्जनबाट पर्ने प्रभाव रोक्न स्थानीय जनप्रतिनिधि सहभागी भएको उच्च स्तरीय समिति बनाउने निर्णय गरेको छ ।
साथै कुनै समस्या आएमा समाधानका लागि ‘ऱ्यापिड रेस्पोन्स’ टोली बनाउने पनि निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्