Ads

कर्णाली प्रदेशका सांसद विष्टले परित्याग गरे माओवादी


काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सांसद ठम्मर बहादुर बिष्टले पार्टी परित्याग गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिष्टले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन् । उनले माओवादी पार्टीले सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले आफूले पार्टी परित्याग गरेको बताए ।

उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताए । उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडी अनेक खालका चलखेल गरेको आरोप लगाए ।

कर्णाली प्रदेशमा पार्टीले आसेपासे तथा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेको भन्दै उनले प्रदेश सभामा बस्न उचित नलागेको बताए । माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरको उनले आरोप लगाए ।

Ads

सम्बन्धित पोष्टहरू