काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी छोडेपछि पार्टी थप बलियो बनेको बताएकाा छन् ।
सुर्खेत विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उनले उनले भने,’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रुपमा बदल्ने संकल्पका साथ अघि बढ्ने प्रेरणा मिलेको छ । यस्ले पार्टीलाई क्षति पुर्याएको छैन् ।’
अब जुन ठाउँमा राप्रपाले जित्छ, त्यही ठाउँबाट फरक खालको राजनीतिक संस्कार बसाल्ने बताए ।
आफ्नो पार्टीको शक्ति कति छ भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुने बताए ।
स्थानीय तहमा राप्रपाले जितेका ठाउँमा छुट्टै मोडालिटी तयार गरिने अध्यक्ष लिङ्देनले बताए । अहिले भ्रष्टाचार स्थानीय तहसम्म पुगेको र भ्रष्टाचाररहित स्थानीय तहको रुपमा विकास गराउँन राप्रपा चुनाव लक्षित भएको बताए ।
प्रतिक्रिया दिनुहोस्