Ads

दम्भका कारण केपी सडकमा पछारिएका छन्, हामी देशको अगुवाइ गरिरहेका छौं : माधव नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घमण्ड र दम्भका कारण केपी ओली सडकमा पछारिएको बताएका छन् । ओली दम्भका कारण सडकमा पछारिएका छन् तर आफूहरु देशको अगुवाइ गरिरहेको बताए ।

नेपालले भने , ‘प्रदेश र केन्द्रमा सरकारको नेतृत्व गरेका केपी ओली किन सडकमा पछारिन पुगे के गर्छस् मंगले आफ्नै ढंगले ।’
धादिङको गल्छीमा आयोजित कार्यक्रममा उनले भने, ‘केपी ओली आफ्नै कुवुद्धिले, आफ्नै ढंगले, आफ्नै दम्भले गर्दा आज सडकमा पछारिएका छन् । हामी देशको अगुवाइ गरिरहेका छौं ।’

पाँच दलीय गठबन्धन भत्काउन एमाले अध्यक्ष ओलीले निकै प्रयास गरे पनि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनतिर इमान्दारिता देखाएको बताए ।

‘यो गठबन्धन भताभुंग पार्न केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निकै चारा फाल्ने कोशिस गरे, हाम्रो एकता तोड्न कोशिस गरे । मान्छेलाई लाग्यो कतै केपी ओली र शेरबहादुर मिल्ने त होइन ?’

Ads

सम्बन्धित पोष्टहरू