काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् । आज(आइतबार) कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष उनले राजीनामा पेश गरेका छन् ।
कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार बनेपछि घिमिरेले कांग्रेसको निर्वाचन समितिबाट राजीनामा दिएका हुन् ।
घिमिरे नेपाल बार एशोसिएशनको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल निकट कानुन व्यवसायीको तर्फबाट साझा उम्मेदवार छन् । बारको नयाँ नेतृत्व चयनका लागि १९ चैतमा मतदान हुनेछ ।
घिमिरे नेतृत्वकै निर्वाचन समितिले कांग्रेसको १४ औं महाधिवेशन गराएको हो ।
प्रतिक्रिया दिनुहोस्