Ads

प्रेस चौतारीको नवौँ महाधिवेशनबाट चयन भएका पदाधिकारीहरु (नाम सहित)


काठमाडौँ । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्ष पदमा गणेश बस्नेत चयन भएका छन् । चौतारीको पोखरामा सम्पन्न नवौ महाधिवेशनबाट बस्नेत सर्बसम्मत रुपमा चयन भएका हुन् ।

उपाध्यक्षहरुमा  गणेश पाण्डे, देबिका घर्ती मगर,राजेश राई,सविन प्रियसन चयन भएका छन ।

त्यस्तै, महासचिवमा हिरामान लामा चयन भएका छन । उपमहासचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् ।

सचिबहरुमा बिक्रम लुइँटेल (प्रदेश नं १), कमल उपाध्याय (मधेस प्रदेश), बिस्णु तारुके (बागमती), सुश्मा पौडेल (गण्डकी), प्रदिप आचार्य (लुम्बिनी प्रदेश), बिष्णु शर्मा (कर्णाली), लोकसरी कुंवर (सुदूरपश्चिम), हरि बल्लब नेपाल (प्रतिस्ठान), चयन भएका छन् । चौतारीको कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू