Ads

विधेयकका सम्बन्धमा प्रस्तुत प्रस्ताव पारित


काठमाडौँ । प्रदेश नं १ को प्रदेश सभाको आज(आइतबार)को बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई व्यवस्था गर्न बनेको विधेयक, २०७८ माथि संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

बैठकमा सामाजिक विकासमन्त्री राजन राईले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकको शून्य समयमा सदस्य अम्बिका थापाले रातो किताबमा उल्लेखित योजना र बजेटलाई सरकारले निरन्तरता दिनुपर्ने माग गरेकी छन् । सदस्य जसमाया गजमेरले हिंसामा परेका महिला तथा बालबालिकाको उपचारमा खटिने जनशक्तिको अवस्थाका बारेमा सरकार सचेत हुनुपर्ने बताएकी छन् ।

प्रदेशसभाको अर्को बैठक आगामी चैत १० गते बस्ने भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू