Ads

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : प्रदेश सभापति बलायर


काठमाडौँ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशमा चुनावी गठबन्धन नहुने बताएका छन् ।

आज(सोमवार) डोटीमा आयोजित ‘घर घर जाऔं,कांग्रेस जिताऔं’ अभियानको सुरूआत गर्दै उनले कम्युनिष्टहरुसँग चुनावी गठबन्धन नहुने बताएका हुन् । सुदूरपश्चिममा अहिले पनि प्रचण्ड–माधव समूहसँग गठबन्धन नभएकाले चुनावमा पनि नहुने उनको भनाई छ ।
माओवादी र एकीकृत समाजवादीले एकातर्फ चुनावमा गठबन्धन गर्नुपर्छ भन्ने र अर्कोतिर कांग्रेसलाई पेलिरहने भएकाले सुदूरपश्चिममा गठबन्धन नहुने बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस एक्लैले वहुमत ल्याउन सक्ने बलायरको दाबी रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू